“पैसा सापटी” गीत टिकटकमा रातारात भाईरल (भिडियो सहित)

काठमाडौं । लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको गीत “पैसा सापटी” सार्वजनिक भएको तीन दिनमा नाै लाख बढीले हेरिसकेका छन्।

 

आफन्त, नातेदार र साथीभाइले अनेकन बाहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौं बाहाना बनाएर लापत्ता हुने विषयमा उनले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलीज भएलगत्तै दर्शक स्रोताले मन पराएका छन् । आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरु कसर आफैं बर्बाद हुन्छन् र समस्यामा पर्छन् ।

 

अनि पैसा फिर्ता नगरी उनीहरुले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा खासगरी दुई मिल्ने दम्पतीबीच पैसा सापटीका कारण आएको दरारको कथा प्रस्तुत गरिएको छ भने सोही कारण जेलनेलको अवस्थासमेत सिर्जना भएको भिडियोमा देखाइएको छ।

 

१७ मिनेट लामो भिडियाे गायक पंगेनीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा रचना र संगीत पनि गायक पंगेनीकै छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन् । गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पूराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडेल (बटुकजी), अनु रेग्मी, नन्दा बस्याल, भेष केसी, अनुप विष्ट, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारी, सेजनी शर्मा, अहान वशिष्ट लगायतले अभिनय गरेका छन् । छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन्। गीत माथि व्यापक रुपमा टिकटक बनिरहेको छ भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

हेर्नुहोस भिडियो ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...