अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत “मनकी रानी” सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत “मनकी रानी” बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभएको हो । दिप सागर र जुना गुरुङको आकर्षक अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको हो ।

 

मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी ९बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ० लाई समेत समावेश गरिएको छ ।

 

गुल्मी र बेनी बजारका मायालु जोडिको प्रेमका भावहरुलाई गीतमा व्यक्त गरिएको छ । मौलिकता र आफ्नो पनलाई गीतमा प्रस्तुत गरिएको गायक तथा सर्जक विश्वकर्माले बताउनुभयो । चिनाकोटको प्रचार प्रसारमा सहयोग पुगोस भनेर चिनाकोट धुरीमै पुगेर छायाँङ्कन गरिएको गायक विश्वकर्माको भनाई छ ।

 

गीतको भिडियोमा गायक तथा मोडल ध्रुव जिसी, गायक रवि कार्की, विजुन केसी, भलिबल प्रशिक्षक तेजेन्द्र वानियाँ, सर्जक कलाधर कँडेल, गोकुल विश्वकर्मा, गायक जीवन कार्की लगायतलाई पनि देख्न सकिन्छ ।

 

हाल जापानमा रहनुभएका विकास अनुरागीले यसअघि लेकमा गोवान लोक दोहोरी गीत प्रस्तुत गरिसक्नुभएको छ । झन्डै डेढ दशकको समयमा लोक संगीतका विताउनुभएका गायक तथा संचारकर्मी अमित विश्वकर्माका ठाउँ छ मनै खानी, पुग्नै पर्ने ठाउँ, हेर्छु डाँडैबाट, डाँडापारी मायाको गाउँछ, बैश छदा भएन पैसानी, रोईहिन्छु सधैभरि म लगायतका गीतहरु सार्जनिक भएका छन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...