मिस ग्रान्ड २०२२ को विजेता बन्न प्रतिस्पर्धाको मैदानमा नतशा धामी, भोट गरेर जिताउन अपिल

काठमाडौं / नेपाल

आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला कैलाली लम्की कि नतशा धामी कडा प्रतिष्पर्धामा उत्रिएकी छिन।

यतिबेला मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौं बाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल कन्टेस्टेन्टहरु उपाधिको लागि भिड्दै छन । धामी भने मिस ग्रान्ड २०२२ को ट्रफी उचाल्ने भन्दै यतिबेला काठमाडौंमा निकै कडा मेहनत गरिरहेकी छिन । तर उनलाई ट्रफी जित्नको लागि मेहनत गरेर मात्र पनि नहुने भएको छ । धामीलाई धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ । उनी आफैमा एक अब्बल प्रतिस्पर्धीको रुपमा प्रतियोगितामा प्रस्तुति देखाइरहेकी छिन । उनले यतिबेला सबै आमा बुबा , दाजुभाइ , दिदीबहिनी र साथीहरुसङ भोटको अपिल गरिरहेकी छिन । उनी आफैमा एक अब्बल प्रतिभा हुन । उनी मिस ग्रान्डमा विजेता बन्दै अन्य ठुला-ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सक्ने आँट राख्छिन ।

धामीले भोट माग्दै भनेकी छिन , ‘ म हजुरहरुकै छोरी चेली यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको छु , यहाँहरुको भोटले मेरो अगाडीको यात्रा तय हुनेछ । तसर्थ सबैले मेरो क्षमता हेरेर मलाई माया गर्नुहुने सबैले आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नमबर ०१ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्द्छु । ‘

उनले धेरै भोट आउँने कुरामा आफू बिश्वस्थ रहेको बताएकी छिन । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरु भन्दा केही फरक र आफ्नो बेस्ट दिएर उपाधी जित्न मिस ग्रान्डमा आएको बताउँछिन । उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन । मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन।

भोटिङ सङै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने आयोजक टिमको तयारि रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...