गीतकार बि. पाण्डेको गीति पुस्तक “मेरा सय गीतहरु” सार्वजनिक

काठमाडौं / नेपाल

गीतकार बि. पाण्डे गीत संगीत क्षेत्रमा स्थापित नाम हो। बिगत दुई दशक देखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेद्वारा धेरै चर्चित गीतहरु प्रकाशनमा आईसकेका छन् ।

 

चलचित्र “प्रसाद” को सुपर हिट गीत “बनकि चरी के भन्छे” ले त झन् उहाँको गीत लेखनको उचाईलाई धेरै माथी पुर्‍यायो। शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरी बन्छ, तिम्रो खुशी, कुरै बुझिन देखि पहिले दिल साट्ने कुरा भो, सम्म उहाँको एक से एक हिट गीतहरु प्रकाशित छन्।

 

थुप्रै सम्मान तथा पुरस्कारहरु जित्न सफल गीतकार पाण्डेद्वारा लेखिएको गीतहरुको संग्रह पुस्तक “मेरा सय गीतहरु” भर्खर बजारमा सार्बजनिक भएको छ। समाजका बिभिन्न क्षेत्रका चर्चित तथा सम्मानित एक सय जना लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले लोकार्पण गरेको उक्त पुस्तकलाई ए. बि. सी. पब्लिकेशनले प्रकाशन गरि बजारमा उपलब्ध गराएको छ। गीत संगीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपालि सेना, वकिल, खेलाडि, पत्रकार लगायतका व्यक्तित्वसंग आफ्नो कृति लोकार्पण गराएका पाण्डेले आफ्नो पुस्तक मार्फत समाजका विभिन्न क्षेत्रसंग गीत संगीत क्षेत्रलाई जोड्न चाहेको बताउनु भयो।

 

भारतीय प्रख्यात कबि गीतकार जाबेद अख्तर समेतले यो पुस्तक लोकार्पण गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा संगीत क्षेत्रमा हेरिएको छ । प्रमुख निर्बाचन आयुक्त दिनेश कुमार थपलिया, गृह सचिब टेक नारायण पाण्डेका साथमा विभिन्न उच्च सरकारी पदस्त कर्मचारीहरु, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि देबेन्द्र पौड्याल, राजेन्द्र प्रसाद पाण्डे – मुख्यमन्त्री – बागमती प्रदेश, राजेन्द्र लिङ्ग्देल-अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी, गगन थापा, योगेश भट्टराईको साथमा विभिन्न राजनीतिज्ञकर्मी, सम्मानित संगीतकार शम्भुजित बास्कोटाका साथमा धेरै संगीतकारहरु, सम्मानित गीतकार किरण खरेलका साथमा अन्य चर्चित तथा ख्याति प्राप्त गीतकारहरु, बाल भिक्षुणी तथा बौद्ध धर्म गुरु डा.अनुजा गुरुमा, रंग पत्रकार कामना सिने मासिक तथा समाचार सम्पादक नेपाल राष्ट्रिय समाचारपत्र तथा पुर्ब अध्यक्ष- चलचित्र पत्रकार संघ बिदुर गिरिका साथमा अन्य पत्रकार व्यक्तित्वहरु, बरिस्ट कलाकार निर शाह, हरिबंश आचार्य, भुवन केसीका साथ अन्य धेरै चलचित्रकर्मी, कराते राष्ट्रिय प्रशिक्षक तथा दशौ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता कुशल श्रेष्ठका साथमा राष्ट्रिय गौरबका धेरै व्यक्तित्व, बृगेडियर जनरल नेपाल आर्मी हिम्मत बहादुर बिष्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले डिजिटल लोकार्प्रित उक्त पुस्तकलाई एक कार्यक्रम गरि पाठकहरुका लागि सार्बजनिक गरिएको हो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...