प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक संगै प्रतिष्ठानको संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, सदस्यलाई सपथ ग्रहण गराईयो

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा नयाँ बर्षको शुभकामना सहित संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, सदस्यलाई स्वागत तथा प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

 

 

प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक गर्नु रिता थापा मगरको कार्यकालको सुरुवात संगै पृथक कार्यको सुरुवात हो । प्रबिधीको विकाशसंगै लोक दोहोरी क्षेत्रको विकाशलाई टेवा पुराउने उदेश्यले यो कार्यको सुरुवात गर्नु महत्वपुर्ण कार्यको रुपमा लिन सकिन्छ । प्रतिष्ठानको मोबाईल एप्लिकेशन डाउनलोड गर्न PLay Store मा गएर Lok Dohori सर्च गरेर Install गर्ने र आफ्नो बिबरण सहित एप सञ्चालन गर्न सकिने छ ।

 

 

कार्यक्रममा केन्द्रिय पुर्व अध्यक्ष दुर्गा रायमाझी, सल्लाहकारहरु नारायण रायमाझी, पृथ्बी थकाली, राजन लम्साल, रामचन्द्र कोईराला, बरिष्ठ गायिका शर्मिला गुरुङ, चर्चित गायिका शिला आले, लगायत अन्य चर्चित कलाकारहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए । कार्यक्रममा केन्द्रिय संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, नयाँ सदस्यलाई स्वागत तथा सम्मान गर्नुका साथै सपथ ग्रहण पनि गराईएको थियो ।

 

संस्थापक अध्यक्ष तथा प्रमुख अतिथीको रुपमा रहेका अमर बिरही गुरुङले प्रतिष्ठानको मोबाईल एप्लिकेशन लोक दोहोरी एप्सको क्लिक गरी उद्घाटन गरेका थिए । प्रबिधीको विकाशसंगै धेरै कुराहरुले फड्को मारेको कारणले लोक दोहोरी क्षेत्रको विकाशका निम्ती यस एप्लिकेशनको सुरुवात गरेको कुरा केन्द्रिय अध्यक्ष रिता थापा मगरले जानकारी गराईन् । साथै यस एप्लिकेशन जस्ले पनी प्रयोग गर्ने कुरा बताउदै यस एप्लिकेशनबाट पानी, बिजुली लगायत अन्य कुराहरुको बिल तिर्न पनि मिल्ने कुरा जानकारी गराईन् ।

 

 

यस एप्लिकेशनले गाँउ गाँउमा लुकेर बसेका प्रतिभाहरुको खोजी गर्न सहज हुने उनले बताईन् । मेरो बौद्धिकताले भ्याए सम्म मेरो तिन बर्षको कार्यकालमा धेरै कामहरु गरेर देखाउने छु । मलाई सल्लाहकार र सबै पदका ब्यक्तिहरुले पुर्ण रुपमा साथ दिनुहुने छ भन्ने आशा गरेको छु उनले भनिन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...