रामचन्द्र पौडेलको सहमतिबेगर देउवा पक्षले महाधिवेशन नसार्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन संवैधानिक समयसीमा भित्र नहुने स्थिति बन्दै गएपछि नेताहरु छलफलमा जुटेका छन् । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । शीर्ष नेताहरु अब पार्टीको संवैधानिक संकट टार्न विकल्प खोजिरहेका छन् । भदौ २३ भित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी भदौ २३ गते केन्द्रीय कार्यसमितिको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन तोकिएको समयमा गर्न नसकिने स्थिति आएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढनीलकण्ठमा बुधरबार दिउँसो ३ बजेबाट शीर्ष नेताहरुको बैठक चलिरहेको छ । भोलि (बिहीबार) बस्ने केन्द्रीय कार्य समितिको बैठकका एजेण्डामाथि सहमति जुटाउन शीर्ष नेताहरु छलफलमा जुटेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिकाका साथै निर्वाचन निर्देशिका प्रस्तुत गर्ने एजेण्डा छ । तर, भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउने विषयमा काँग्रेसमा सहमति जुट्न सकेको छैन ।

सभापति देउवाले भदौ भित्र अधिवेशन उद्घाटन गरेर मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने अनौपचारिक प्रस्ताव गरेको बुझिएको छ । तर, त्यसका लागि पार्टीभित्र सबै पक्ष सहमत भए मात्र नयाँ कार्यतालिका ल्याइने स्रोत बताउँछ । अहिलेसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल भने महाधिवेशनको मिति पटक–पटक सार्ने पक्षमा छैनन् । यसअघि काँग्रेसले पाँच पटक कार्यतालिका संशोधन गरिसकेको छ ।

भदौमा महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने पौडेलको अडान छ । भदौभित्र महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक संकटमा पर्ने पौडेलको भनाइ छ । सोमबार बसेको पौडेल पक्षीय केन्द्रीय समितिको अनौपचारिक बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोमबार र मंगलबार काठमाडौंमा भएको पौडेल पक्षीय जिल्ला सभापतिको बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

भदौमा नियमित महाधिवेशन गर्न नसकिए पौडेलले अगाडि सारेको विशेष महाधिवेशनलाई कार्यान्वयनमै लैजानुपर्ने जिल्ला सभापतिहरूको निष्कर्ष छ । तर, भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा पुगेका देउवाले पौडेलको विशेष महाधिवेशनको प्रस्ताव पनि अस्वीकार गरिसकेको अवस्था छ ।

सभापति देउवा र महामन्त्री शशांक कोइराला मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा एक मत देखिएको पाइन्छ । काँग्रेसभित्रको यो परिदृश्यका बीचमा महाधिवेशनबारे सहमति जुटाएर केन्द्रीय कमिटी बैठकमा जाने तयारी भइरहेको छ ।

त्यसका लागि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत, नेता मिनेन्द्र रिजाल लगायत छलफल गरिरहेका छन् ।

नयाँ विकल्प दिन तीन नेताको सुझाव

मंगलबार साँझ देउवाले संस्थापनइत्तर पक्षीय नेताहरु डा। शेखर कोइराला, डा। मिनेन्द्र रिजाल र गगन थापासँग छलफल गरेका थिए । गगन थापाका अनुसार भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ र महाधिवेशन हुन नसके के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

आफूहरुले सबैसँग सहमति गरेर नयाँ विकल्प दिन सुझाएको थापाले बताए । जवाफमा देउवाले सोहीअनुसार आफूले संवाद थालेको बताएका थिए । देउवाले महाधिवेशन सार्ने परिस्थितिमा के कस्ता विकल्प छन् भनेर सोमबार प्रमुख निर्वाचन आयुक्त र महान्यायाधिवक्तासँग पनि परामर्श गरेका थिए ।

देउवा पक्षले सहमतिबेगर महाधिवेशन नसार्ने

देउवाले बुधबार बिहान आफू पक्षीय नेताहरुसँग पनि आन्तरिक छलफल गरे । देउवा पक्षीय नेताहरुको छलफलले पौडेल पक्षसँग सहमति भए महाधिवेशन सार्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहानको छलफलपछि रमेश लेखकले भने, ‘पार्टीभित्र सबै सहमत भए भने महाधिवेशन सार्ने विकल्पबारे सोच्न सकिन्छ । पार्टीभित्र सहमति भएन भने भदौभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिन्छ ।’

देउवा पनि सम्भव भएसम्म भदौभित्र महाधिवेशन गर्ने पक्षमै रहेको लेखकको भनाइ छ । उनले भने, ‘सकेसम्म महाधिवेशन भदौभित्र गर्ने हाम्रो निष्कर्ष हो । भोलिको केन्द्रीय कमिटीमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुन्छ । जे विषयमा सहमति हुन्छ, त्यहीअनुसार कार्यतालिका आउँछ ।’

क्रियाशील सदस्यता विवाद समाधान उन्मुख

काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद भने समाधान उन्मुख भएको नेताहरुले बताएका छन् । बारा, सप्तरी र धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ मा कायम रहेको नयाँ सदस्यता विवाद समाधान उन्मुख रहेको सहमहामन्त्री प्रकाश शरण महतले बताए ।

उनका अनुसार विजय गच्छदार, सुनील बहादुर थापा समूहका लगायत अन्य पार्टीबाट प्रवेश गरेका केही नेता कार्यकर्ताको हकमा देखिएको क्रियाशील सदस्यता विवाद पनि टुंगिएको छ ।

उनले भने, ‘क्रियाशील सदस्यता करिब टुंगिएको अवस्था छ । बारा र सप्तरीको विवादमा केही विषय टुंग्याउन बाँकी छ । हामीबीच सहमति भएकोमा उहाँहरु ९पौडेल पक्ष० ले कार्यान्वयनमा आनाकानी गर्नुभएको छ । आज त्यो विषयमा पनि छलफल हुन्छ ।’ त्यसका लागि क्रियाशील सदस्य विवाद समाधान उच्चस्तरीय समिति र पार्टी समायोजन समितिका बीच छलफल हुनेछ । बाँकी विषयमा समाधान निकाल्ने महतले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...