“मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” शुन्दर नगरी पर्यटकीय राजधानी पोखरा स्थित सभागृह सभा हलमा सम्पन्न

काठमाडौं । उपमा सञ्चार प्रा.ली.को आयोजनामा “मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” गत महिनाको चैत २८ गतेका दिन शुन्दर नगरी पर्यटकीय राजधानी पोखरा स्थित सभागृह सभा हलमा सम्पन्न भएको थियो । “मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०”  मा कानुन न्याय संसदिय मामिला मन्त्री माननिय पदम गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने आशा गौतमको सभापतित्व रहेको थियो ।

 

 

दशक गायक, सर्जक, संगीतकार सम्मान तर्फ प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, जय कुमार परियार, काजिबाबू अर्याल, धन कुमारी थापा, शिला आले, सीता केसि, सरस्वती लामिछाने (सरु), तारानाथ आचार्य, मगर चलचित्र नायक रमेश बाबू थापा, जुरि निर्णायक तर्फ बरिष्ठ गायक इन्द्र जिसी, दावा तामाङ, बिन्दु थापा, वरिष्ठ पत्रकार बेलुकाजी थापा, सुवास पौडेल, गौरव त्रिपाठी, सन्तोष बिक, कबिराज ढकाल, अनुज अधिकारी, मधु कट्टेल, दिपेन्द्र थापा सम्मानित भएका थिए भने कला सम्मान तर्फ रितिका थपलिया, अभि शुनार, गणेश भट्ट, निराश तामाङ, कार्यक्रमका ब्यबस्थापक सन्तोष शर्मा, हरिराम परियार, लगायत थुप्रै कलाकारहरु सम्मानित भएका थिए ।

 

 

अवार्ड तर्फ राष्ट्रिय भावका गीत, लोक भजन, लोक दोहोरी गीत, एकल लोक गीत, चार्ड पर्व गीत, कौडा, सालैजो, रत्यौली, मौलिक गीत, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, प्रतियोगी कलाकार, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गीत, जनचेतनामूलक फिल्म अन्य बिदाबाट गरि १५४ जना कलाकारहरु पुरस्कृत भएका थिए ।

 

 

औपचारिक कार्यक्रमको सञ्चालन सुवास महतले गरेका थिए भने कार्यक्रम संयोजक पुर्ण परियार रहेका थिए । अवार्ड कार्यक्रमको सञ्चालन अनिल अघातले गरेका थिए । विभिन्न संघ सस्थाका बिशिष्ट ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

 

 

अवार्ड बितरणका क्रममा बिशिस्ट अतिथी गण्डकी प्रज्ञा कुलपती, रा.खे.प.का बोर्ड सदस्य महिला प्रमुख नन्दा बस्याल लगायत सम्मानित ब्याक्तित्वहरु मार्फत राष्ट्रिय भाव गीतका गायक कलाकार रसुवा जिल्लाका उदयमान कलाकार केशब अधिकारीबाट अवार्ड वितरण सुरुवात गरिएको थियो।

 

“मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” का प्रमुख अतिथी गिरीले कलाकारहरुलाई भगवानले दिएको बरदान हो । कला र गलाको सदुपयोग गर्नु पर्छ र कलाकारहरुले माया प्रीतीका गित मात्रै गाउदैनन, देश समाज र परिवर्तनका लागि पनि गीत गाउने गर्छन् । कला र सस्कृतिको संरक्षण गर्छ भने त्यो कलाकारले मात्रै गर्छन् । कलाकारहरुमा त्यस्तो संस्कार हुन्छ, जो कोहीमा पाउन सकिँदैन । त्यसैले कलाकार देशका गहना मात्रै नभएर देशका बिशेष अंग हुन् र यी अंग अनी गहनाहरुलाई राज्यले संरक्षण गर्नु पर्ने भन्दै मन्तब्य राखेका थिए । दशक सम्मान तथा अवार्ड कार्यक्रमहरु गर्नाले अग्रजलाई सम्मान र नव कलाकारलाई हौसला र उर्जा थपिन सहयोग हुने हुनाले यस्ता कार्यक्रमहरु गरि रहन आवश्यकता भएको बताउदै कार्यक्रम गर्ने आयोजक संस्था र संस्थाकी अध्यक्ष गण्डकी प्रदेश कै एक महान चेली आशा गौतम हुन् भन्दै धन्यवाद पनि दिएका थिए ।

 

कलाकर्मी र सञ्चारकर्मीहरुका हक र हितका कामहरु गर्दै फेरि मौलिक संस्कृतीलाई जगेर्ना गर्दै कलाकार, पत्रकार अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने अभियानका साथ सम्पुर्ण बिदाका कलाकार, पत्रकारहरुको कला र क्षमतालाई न्याय दिनको लागी सदैब लाग्ने छु भन्दै कलाकर्मी र सञ्चारकर्मीहरुका हक र हितका कामहरु गर्दै आज फेरि मौलिक संस्कृतीलाई जगेर्ना गर्दै कलाकार, पत्रकार अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन गर्ने छु । कला र क्षमतालाई न्याय दिनको लागी सदैब लाग्ने छु भन्दै “मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” की अध्यक्ष आशा गौतमले प्रतिबद्धता जनाएकी थिईन् ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...