काठमाडौं महानगरपालिकाले केही दिन देखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित

काठमाडौं महानगरपालिकाले केही दिन देखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरी जताततै फोहोरै फोहोर छ ।

सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ । वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ । काठमाडौंका फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिन देखि फोहोर उठाउन नसकिएको महानगरपालिकाको भनाइ छ ।

हाल: सम्म एक मात्र उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइडमा वर्षाका कारण बाटो बिग्रिँदा फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाको प्रवक्ता समेत रहेका जनप्रतिनिधि इश्वरमान डंगोलले जानकारी दिए ।

‘वर्षात् कारण ल्याण्ड फिल्ड जान समस्या। सिसडोल ल्याण्ड फिल्डको माथिल्लो भागमा उकालो बाटो त्यो पनि कच्ची छ’, उनले भने, ‘पानी परेपछि त जानसक्ने अवस्थै रहँदैन । तर पनि जेनतेन फोहोरका गाडीहरु गइरहेका छन् ।’

प्रवक्ता डंगोलले कठिनाइका बीच पनि दैनिक एक सय हाराहारीमा फोहोरका कन्टेनरहरु सिसडोल भइरहेको दावी गरे ।

‘सिसडोलको विकल्प चाँडो चाहियो’

हालसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा सिसडोलले मात्र धानिरहेको अवस्था भएपनि अब धान्न नसक्ने भन्दै महानगरले सिसडोलको विकल्प चाँडो दिन सरकारलाई आग्रह गरेको छ । अहिलेको सिसडोल ल्याण्ड फिल्ड साइड करिब करिब फुल भइसकेको अवस्थमा तत्काल अर्को ल्याण्ड फिल्ड तयार गर्नुपर्ने महानगरले सरकारसँग माग गरेको छ । यसका लागि चाँडो भन्दा चाँडो बन्चरेडाँडा हस्तान्तरण गर्न समेत महानगरले सरकारसँग माग गरेको छ ।

नुवाकोट र धादिङ जिल्लाको संगम क्षेत्र बन्चरेडाँडामा निर्माणधिन ल्याण्ड फिल्ड साइड अन्तिम चरणमा रहेको र त्यसलाई छिटोभन्दा छिटो सम्पन्न गरी फोहोर व्यवस्थापनको प्रयोगमा ल्याउन महानगरले सरकारसँग माग गरेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...