म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम यही चैत्र ९ गते शनिबारका दिन काठमाडौं, टोखा स्थित भुत्खेलमा सम्पन्न भएको हो। म्युजिक भिडियो कलाकार संघ नेपालले बिगतका बर्षहरुमा पनि आयोजना गर्दै कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको हो।

 

कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रममा साँस्कृतिक, कार्यक्रम, सम्मान कार्यक्रम, खेलकुद कार्यक्रम पनि समाबेश गरिएको थियो। “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” मा म्युजिक भिडियो कलाकार संघ नेपालकी अध्यक्ष सम्झना बुढाथोकीको अध्यक्षता रहेको थियो भने लोकप्रिय मोडल एबं म्युजिक भिडियो कलाकार संघ नेपालका निवर्तमान अध्यक्ष शंकर बिसीको प्रमुख आतिथ्यता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुर्गा रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष बद्री पंगेनी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कुलेन्द्र बिश्वकर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव हरी डाँगी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव पिएन सापकोटा, संगीत ब्यवसायी सुवास रेग्मी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य रबिन लामिछाने, चर्चित छायांकार दुर्गा पौडेल लगायत थुप्रै कलाकार तथा समाजसेबीहरुको बिशेष आतिथ्यता रहेको थियो। सो कार्यक्रममा सोही संस्थाका महासचिव सुनिल लामिछानेले सञ्चालन गरेका थिए भने सोही संस्थाका उपाध्यक्ष शिवन पोखरेलले स्वागत मन्तब्य राखेका थिए।

 

यस कार्यक्रममा नेपालका ख्याती प्राप्त तथा लोकप्रिय कलाकारहरु बद्री पंगेनी, शंकर बिसी, सम्झना बुढाथोकी, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा, राम कुमार नेपाली, यमुना रसाल, रबिना भण्डारी, अस्मिता पुरी, बिजय पुन, बिमल अधिकारी, प्रदिप रसाईली लगायत थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए। घैटो फोर्ने खेलमा बिजय पुन बिजयी भएका थिए।

 

कार्यक्रममा नेपालका ख्याती प्राप्त तथा लोकप्रिय कलाकारहरु देखी नव कलाकारहरु, समाजसेबीहरु, संगीतप्रेमी महानुभावहरुको बिशेष उपस्थिती रहेको थियो। कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा चर्चित मोडल सारिका केसी रहेकी थिईन् भने कुपन्डोल, ललितपुर स्थित रहेको सारिका बुटिक एण्ड कलेक्सनले ब्यानर सौजन्य गरेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...