भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित भएकी छन् । स्वर्गीय इन्द्र देव सिंहको पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा मानव सेवा, साहित्य, सामाजिक नेतृत्व तथा नेपाल–भारत मैत्री सम्बन्ध सुदृढ बनाउन पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै निरौलालाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

सम्मान समारोहमा भारत र नेपालका ठूलो संख्यामा स्वैच्छिक रक्तदाता, शिक्षाविद्, चिकित्सक, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्मान ग्रहणपछि बोल्दै निरौलाले रक्तदानलाई सबैभन्दा ठूलो महादानको संज्ञा दिँदै युवापुस्तालाई नियमित रूपमा स्वैच्छिक रक्तदानमा सहभागी हुन आग्रह गरिन्। उनले एक युनिट रगतले आवश्यकतामा परेका व्यक्तिको जीवनमा नयाँ आशा र ऊर्जा दिन सक्ने उल्लेख गर्दै मानव सेवामा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

निरौलाले सम्मानका लागि आयोजक समितिप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा सेवा, सहयोग र मानवताको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। साथै, उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक तथा आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता सामाजिक अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

कार्यक्रमको समापनमा आयोजक समितिले उपस्थित अतिथि, स्वैच्छिक रक्तदाता तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै मानव सेवामुखी यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

वि.सं.२०८३ असार १९ शुक्रवार ११:२५

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच (टप ५) मनोनयन साउन ३ गते सार्वजनिक गरिने

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच (टप ५) मनोनयन साउन ३ गते सार्वजनिक गरिने

वि.सं.२०८३ असार १९ शुक्रवार ०६:०७

काठमाडौं। "अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन" भन्ने मुल नारा सहित...

म्याग्दी प्रबासी नेपाली संघ (मोना) बेल्जियमको आयोजनामा “मोना कप भलिबल – २०२६” भब्य रुपमा सम्पन्न

म्याग्दी प्रबासी नेपाली संघ (मोना) बेल्जियमको आयोजनामा “मोना कप भलिबल – २०२६” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ असार १८ बिहीवार ०७:५३

बेल्जियम। म्याग्दी प्रबासी नेपाली संघ (मोना) बेल्जियमको आयोजनामा "मोना कप...