सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) विधाको अवार्ड बिजेता बने बिर्ख विश्वकर्मा

 काठमाण्डौ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । हिजो चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  ।

यसै बिच बर्षकै सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) विधामा मञ्जरी गितबाट गायक बिर्ख विश्वकर्मा अर्वाड विजेता हुनुभएको छ । केही समय अगाडी S3k Entertainment बाट बजारमा आएको मञ्जरी गितमा विर्ख विश्वकर्मा र विनिता गुरुङको आवाजसंगै नायिका पुजा शर्मा, कमला घिमिरे, हिरज सोनी, आरके परियार, राेहित ओलिको अभिनय एवम् डान्सिग फिचर रहेको थियो ।

अवार्ड हात पारेपछि बिजेता बिश्वकर्माले अाफ्नाे फेसबुकमार्फत स्टाटस् लेख्दै धन्यवाद ब्यक्त गर्नुभएकाे छ । उहाले लेख्नुभएकाे छ :

नमस्कार,

सर्वप्रथम त मलाई जन्मदिने भगवान आमा-बुवा लाई धेरै miss गरेको छु। मलाई यो क्षेत्रमा लाग्न प्रेरणा दिने मेरो घरपरिवार प्रति आभार प्रकट गर्दछु। मेरो कामलाई मन पराएर सदा साथ सपोर्ट गर्नुहुने गित/संगीतका सम्पुर्ण आदरणीय अग्रज देखि अनुज व्यक्तित्वहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। हजुरहरूकै कारण तेस्रो ज्योति फिल्मस् म्युजिक अवार्डमा शर्वोत्कृष्ट नव लोकदोहोरी गायक विधामा मञ्जरि गित बाट अवार्ड हात पार्न सफल भएको छु।आज मलाई थप जिम्मेवारी थपिएको महसुस भयको छ। मञ्जरि गित सँग सम्बन्धित रचनाकार/संगितकार/गायिका/एरेन्जर, वाध्यवादक, निर्देशक, नायक/नायिका, छायांकार, मेकअप मेन,लाइट मेन, सम्पादक लगायत गितसँग सम्बन्धित प्रदा अगाडि र प्रदान पछाडीबाट काम गर्नुहुने सबै मनहरु प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  । रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...