“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” सम्पन्न

काठमाडौं / नेपाल ।

नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले आयोजित “राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” सम्पन्न भएको छ । काजोल म्युजिक प्रा. लि. द्वारा आयोजित यस कार्यक्रममा नन्दा बस्यालको सभापतित्व रहेको थियो भने माननीय सामाजिक बिकाश मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन मञ्जु पौडेलले गरेकी थिइन् भने शिव संगीतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय सामाजिक बिकाश मन्त्री कुमारी मुक्तानले दिप प्रज्वलन गरि उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मिडिया संयोजकको भुमिका निर्वाह पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरेका थिए ।

“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” मा सात वटै प्रदेशको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार सरोज खनाल, बरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका केन्द्रिय सचीव कृष्ण रेउले, प्रतिष्ठानका केन्द्रिय सदस्य उत्तम शर्मा, बरिष्ठ नृत्यांगना सम्झना बुढाथोकी, बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायत धेरै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” मा बिगत ४ दशक भन्दा बढि नृत्य बिधामा योग्दान पुर्‍याउनुका साथै नृत्य प्रशिक्षण गर्दै आईरहेको भन्दै कुलमान नेपालीलाई र बिगत २ दशक भन्दा बढी नृत्य बिधामा योग्दान पुर्‍याएको भन्दै सम्झना बुढाथोकीलाई बिशेष सम्मान गरिएको थियो । साथै यस कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती, प्रायोजक, कलाकार लगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...