टिका सानु र यान प्रसाद न्यौपानेको अभिनयमा “अंगालो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक यानप्रसाद न्यौपानेको नया लोक गित “अंगालो” डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका बिष्णु माझी र गायक यान प्रसाद न्यौपानेले गाएको गितमा न्यौपाने कै उत्कृष्ट लय, शब्द सृजना रहेको छ । गितमा श्याम श्वेत रसाईलीको संगित संयोजन रहेको छ । निकै मिठा मर्मस्पर्शी शब्दहरुको भावमा सजिएको उक्त गितमा प्रेमिकल परदेशीनुको पिडालाई विषयबस्तु वनाएर चित्रण गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । निशान बानियाको उत्कृष्ट निर्देशन एवम् कथाबस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा टिका सानु र यानप्रसाद न्यौपानेको मनछुने अभिनय रहेको छ ।

गितमा टिका सानु यान प्रसाद श्रीमान श्रीमती भएका छन् । श्रीमान् घरको आर्थिक अवस्था नाजुक भएकाले परदेशी हुन वाध्य हुन्छन् तर परदेशीमा उनि दुर्घटनामा परि अंगभंग हुन्छन् र उनि नेपाल फर्कन्छन् । अपांग श्रीमान यानप्रसाद लिन टिका एरपोर्ट पुग्छिन् श्रीमानको अवस्था देख्दा टिका भक्कानो छुटेर रुन्छिन् यस्तै कथाबस्तु गितमा देखाईएको छ ्र सुख पर्दा सबैले साथ दिने तर दुख पर्दा कसैले वास्था नगर्ने यथार्थ कहानीलाई अत्यन्तै उत्कृष्ट शैलीमा निशान बानियाले गितको म्युजिक भिडियोमा उतारेका छन् ।

गितको म्युजिक भिडियोलाई महेश महराले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा लोकप्रिय वनिरहेको छ । गित Yan Prasad Neupane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...