गायक सुजन बराइलीको गीत “मल्लाज दरबार” सरस्वती पुजाको दिन सार्वजनिक हुने

काठमाडौं, नेपाल । लोक तथा दोहोरी गायक सुजन बराइलीको आफ्नै जन्मभुमि पर्वत जिल्ला जलजला गाउपालिका मल्लाजमा छायांकन गरिएको गीत “मल्लाज दरबार” सरस्वती पुजाको दिन सार्वजनिक हुने भएको छ ।

 

यस गीतमा चर्चित कलाकारहरु शिशिर पौडेल, नारायणी खत्री लगायत दर्जनौ कलाकार साथै स्थानीय ब्यक्तिहरुको अभिनय रहेको छ । “मल्लाज दरबार” नाम रहेको पञ्चेबाजा गीतको शब्द बहुचर्चित गीतकार शब्दका खानी प्रल्हाद सुबेदीले लेखेका हुन् भने लय संकलन सुजन बराइलीकै रहेको छ र एरेन्ज रमेश सेञ्चुरीले गरेका हुन् । साथै गीतको अडियोमा सम्पुर्ण बाजा किशान परियारले भरेका हुन्।

 

यो भिडियोको निर्देशन चर्चित निर्देशक कुमार केसीले गरेका हुन् । सम्झना जन्मभुमिको (सालैजो), सार्है प्यारो मल्लाज गाउँ, पर्बते ठिटो, बाबा बिश्वकर्मा भजन, जिउन सिकायो, अन्त नजर लाउन छोड्नेछु, रमाइलो गर्ने यहि बोली हासो हो (दशै गित),अहिलेको तिजमा नाच बरिलै, शोकले मरिन्छ की भोकले लगायत दर्जनौ गीतमा स्वर भरेका गायक बराइलीले आफ्नो जन्मभुमिका लागि भने सांगीतिक क्षत्रबाट निकै नै योगदान दिएका छन।

 

 

म जन्मेको गाउँ ठाँउको ईतिहास बनोस, संसारले चिनोस मेरो गाउँ ठाउँ, हिजो आ – आफ्नो परिस्थितिले आफ्नो जन्मभुमी भन्दा अलि बाहिर गएर बस्नुभएका सम्पुर्ण मल्लाजीहरुको पनि सम्झनामा रहिरहोस् मल्लाज र यहि भिडियोबाटै भएनी आफू जन्मेको जन्मस्थान हेर्न पाउन् भनेर नै लाखौ खर्चेर इतिहास जिउदो राख्न खोजेको हुँ भन्ने कुरा उनले सुनाउछन्।

 

करिव २० बर्ष देखि संगीतलाइ नै साथी बनाएर हिनेका गायक बराईली काठमाडौंमा दुई दशक देखी संघर्ष गरिरहेका छन्। मल्लाज दरबार पञ्चेबाजा गितमा आफू जन्मेको घर संगै विभिन्न रमणिय स्थलहरुमा कैद गरेका छन। यस गीत सुजन बराइली युटुब च्यानलबाट सरस्वती पुजाको दिन सार्वजनिक हुने कुरा बताउदै माया गरिदिनुहुन अनुरोध समेत गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...