गायक सुजन बराइलीको गीत “मल्लाज दरबार” सरस्वती पुजाको दिन सार्वजनिक हुने

काठमाडौं, नेपाल । लोक तथा दोहोरी गायक सुजन बराइलीको आफ्नै जन्मभुमि पर्वत जिल्ला जलजला गाउपालिका मल्लाजमा छायांकन गरिएको गीत “मल्लाज दरबार” सरस्वती पुजाको दिन सार्वजनिक हुने भएको छ ।

यस गीतमा चर्चित कलाकारहरु शिशिर पौडेल, नारायणी खत्री लगायत दर्जनौ कलाकार साथै स्थानीय ब्यक्तिहरुको अभिनय रहेको छ । “मल्लाज दरबार” नाम रहेको पञ्चेबाजा गीतको शब्द बहुचर्चित गीतकार शब्दका खानी प्रल्हाद सुबेदीले लेखेका हुन् भने लय संकलन सुजन बराइलीकै रहेको छ र एरेन्ज रमेश सेञ्चुरीले गरेका हुन् । साथै गीतको अडियोमा सम्पुर्ण बाजा किशान परियारले भरेका हुन्।

यो भिडियोको निर्देशन चर्चित निर्देशक कुमार केसीले गरेका हुन् । सम्झना जन्मभुमिको (सालैजो), सार्है प्यारो मल्लाज गाउँ, पर्बते ठिटो, बाबा बिश्वकर्मा भजन, जिउन सिकायो, अन्त नजर लाउन छोड्नेछु, रमाइलो गर्ने यहि बोली हासो हो (दशै गित),अहिलेको तिजमा नाच बरिलै, शोकले मरिन्छ की भोकले लगायत दर्जनौ गीतमा स्वर भरेका गायक बराइलीले आफ्नो जन्मभुमिका लागि भने सांगीतिक क्षत्रबाट निकै नै योगदान दिएका छन।

म जन्मेको गाउँ ठाँउको ईतिहास बनोस, संसारले चिनोस मेरो गाउँ ठाउँ, हिजो आ – आफ्नो परिस्थितिले आफ्नो जन्मभुमी भन्दा अलि बाहिर गएर बस्नुभएका सम्पुर्ण मल्लाजीहरुको पनि सम्झनामा रहिरहोस् मल्लाज र यहि भिडियोबाटै भएनी आफू जन्मेको जन्मस्थान हेर्न पाउन् भनेर नै लाखौ खर्चेर इतिहास जिउदो राख्न खोजेको हुँ भन्ने कुरा उनले सुनाउछन्।

करिव २० बर्ष देखि संगीतलाइ नै साथी बनाएर हिनेका गायक बराईली काठमाडौंमा दुई दशक देखी संघर्ष गरिरहेका छन्। मल्लाज दरबार पञ्चेबाजा गितमा आफू जन्मेको घर संगै विभिन्न रमणिय स्थलहरुमा कैद गरेका छन। यस गीत सुजन बराइली युटुब च्यानलबाट सरस्वती पुजाको दिन सार्वजनिक हुने कुरा बताउदै माया गरिदिनुहुन अनुरोध समेत गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...