प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक संगै प्रतिष्ठानको संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, सदस्यलाई सपथ ग्रहण गराईयो

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा नयाँ बर्षको शुभकामना सहित संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, सदस्यलाई स्वागत तथा प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

 

 

प्रतिष्ठानको मोबाईल एप्लिकेशन सार्वजनिक गर्नु रिता थापा मगरको कार्यकालको सुरुवात संगै पृथक कार्यको सुरुवात हो । प्रबिधीको विकाशसंगै लोक दोहोरी क्षेत्रको विकाशलाई टेवा पुराउने उदेश्यले यो कार्यको सुरुवात गर्नु महत्वपुर्ण कार्यको रुपमा लिन सकिन्छ । प्रतिष्ठानको मोबाईल एप्लिकेशन डाउनलोड गर्न PLay Store मा गएर Lok Dohori सर्च गरेर Install गर्ने र आफ्नो बिबरण सहित एप सञ्चालन गर्न सकिने छ ।

 

 

कार्यक्रममा केन्द्रिय पुर्व अध्यक्ष दुर्गा रायमाझी, सल्लाहकारहरु नारायण रायमाझी, पृथ्बी थकाली, राजन लम्साल, रामचन्द्र कोईराला, बरिष्ठ गायिका शर्मिला गुरुङ, चर्चित गायिका शिला आले, लगायत अन्य चर्चित कलाकारहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए । कार्यक्रममा केन्द्रिय संरक्षक, सल्लाहकार, मनोनित पदाधिकारी, नयाँ सदस्यलाई स्वागत तथा सम्मान गर्नुका साथै सपथ ग्रहण पनि गराईएको थियो ।

 

संस्थापक अध्यक्ष तथा प्रमुख अतिथीको रुपमा रहेका अमर बिरही गुरुङले प्रतिष्ठानको मोबाईल एप्लिकेशन लोक दोहोरी एप्सको क्लिक गरी उद्घाटन गरेका थिए । प्रबिधीको विकाशसंगै धेरै कुराहरुले फड्को मारेको कारणले लोक दोहोरी क्षेत्रको विकाशका निम्ती यस एप्लिकेशनको सुरुवात गरेको कुरा केन्द्रिय अध्यक्ष रिता थापा मगरले जानकारी गराईन् । साथै यस एप्लिकेशन जस्ले पनी प्रयोग गर्ने कुरा बताउदै यस एप्लिकेशनबाट पानी, बिजुली लगायत अन्य कुराहरुको बिल तिर्न पनि मिल्ने कुरा जानकारी गराईन् ।

 

 

यस एप्लिकेशनले गाँउ गाँउमा लुकेर बसेका प्रतिभाहरुको खोजी गर्न सहज हुने उनले बताईन् । मेरो बौद्धिकताले भ्याए सम्म मेरो तिन बर्षको कार्यकालमा धेरै कामहरु गरेर देखाउने छु । मलाई सल्लाहकार र सबै पदका ब्यक्तिहरुले पुर्ण रुपमा साथ दिनुहुने छ भन्ने आशा गरेको छु उनले भनिन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...