“मिस मगर इटरनेशनल सिजन – १” को फारम खुल्ला

काठमाडौं । मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको औपचारिक जानकारी गराइएको हो ।

देशभरबाट मिस मगर इटरनेशनल मा भाग लिन इच्छुकले वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० वैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ ।

आयोजक सुनगाभा नेपालले मिस मगर इटरनेशनल मा भाग लिन केही सर्तहरू राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । न्यूनतम् ५ फिट् १ इन्च उचाइ हुनुपर्नेछ । फर्मका लागि ३ हजार रूपैयाँ शुल्क तोकिएको छ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसै गरी फर्स्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले बताएको छ । नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इटरनेशनल कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै सुनगाभा नेपालका अध्यक्ष थमप्रकाश पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठुलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौँ भने पछिको पुस्ताले पनि यसलाई अङ्गाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला मगर संघकि अध्यक्ष हिरु राना मगरले नेपालमा मगरको संख्या ठुलो रहेकोले मिस मगर इटरनेशनल ले लुकेर रहेका, राम्रा र क्षमतावान् प्रतिभाहरू बाहिर ल्याउन पहल गरोस् भन्ने शुभकामना व्यक्त गरिन् । ‘यो कार्यक्रमको आयोजनाले देश विदेशमा रहेका मगरलाई खुसी तुल्याएको छ ।’ राना मगरले भनिन्, ‘लुकेर रहेका प्रतिभाहरूले मिस मगर इटरनेशनल मार्फत उदाहरणीय काम गर्नेमा म विश्वस्त छु ।’

मिस मगर इटरनेशनल सिजन १ सुरु हुन लागेकोमा यस कार्यक्रमकी कोरियोग्राफर, होस्ट, मोडल तथा मिस मंगोल सन् २०१२ कि विजेता सपना रोक्काले खुसी व्यक्त गरिन् । विभिन्न विज्ञापनदाता, प्रायोजकहरूलाई सहकार्य गर्नका लागि बाटो खुला रहेको आयोजक सुनगाभा नेपालले बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल मगर महिला संघकी अध्यक्ष हिरु रानामगर, विशिष्ट अतिथिका रूपमा रिडी ग्रुपका अध्यक्ष, व्यवसायी, समाजसेवी, क्याप्टेन मन बहादुर बुढा, नेपाल गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, कानुनी सल्लाहकारका रूपमा सन्तोष रानामगर, मगर संस्कृति संघका उपाध्यक्ष नन्द घर्ती मगर र अतिथिका रूपमा होटेल रुद्रका सञ्चालक रुद्र मगर, र मोडल दीपिका थापामगर लगायतको उपस्थिति रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...