अयोग्य लडाकुलाई २ लाख दिने सरकारको घोषणा पश्चात माओबादीको कालो कर्तुतको पर्दाफास (भिडियो सहित)

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजन कै संगीत तथा थेगो रहेको छ ।

 

“खती” गीतमा जन आन्दोलन, द्धन्द्धकालका कथा ब्यथा, माओबादीले नेपाली जनताहरुलाई झुटो आश्वासन दिएर, धम्की दिएर भोट हाल्न लगाएको र माओबादीको जनयुद्धबाट धेरै ब्यक्तिहरुको ज्यान गएको, कसैको बुवा आमा, कसैको श्रीमान् श्रीमती, कसैको दाजु भाई, कसैको छोरा छोरी, कसैको दिदी बहिनीको मृत्यु भएर परिवारमा पिडा थपिएको कुरालाई समेट्ने प्रयास गरिएको छ । साथै माओबादीले आन्दोलनको नाममा ज्यादती देखाएको र नेपाली चेलीबेटीहरुलाई बलत्कार गर्ने, हत्या गर्ने गरेको कुरा पनी म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ ।

 

यस गीतकी गीतकार बिमला हुमागाई (बोध श्री) र यसै गीतका गायक, संगीतकार तथा निर्देशक डि.आर सुजन भन्छन् “हामीले यथार्थ कुरा समेट्ने र भिडियोमा उतार्न खोजेका छौं । माओबादीको सरकार भएको बेला उनीहरुमा चेतना आओस् र बिगतलाई सम्झने कोसिस् गरुन् भन्ने उदेश्यले पनी हामीले यो गीत सार्वजनिक गरेका हौं । यदी हामीलाई सरकारले कारबाही गर्छ भने जस्तो सजाय पनि भोग्न तयार छौं ।”

 

माओबादी सरकारले केही दिन अघी अयोग्य लडाकुहरुलाई नेपाल सरकारबाट २ / २ लाख को दरले भत्ता दिने निर्णय पनि गरेको छ । यही निर्णय भएको बेला “खती” नामक गीत सार्वजनिक गरिएको कुरा निर्माण पक्षले बताएको छ ।

 

“खती” नामक गीतमा डि.आर सुजनको कथा तथा निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

 

उक्त गीतको भिडियोमा रिता केसी, डि.आर सुजन, बिमला हुमागाई (बोध श्री), सुर्य ओली, शुष्मा खड्का, बिमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङ आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...