महर्षि स्कुलको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ ।
महर्षि स्कुल सामाखुशीमा भव्यताका साथ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम मनाइएको छ । महर्षि स्कुलले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।

उनले शिक्षक, विद्यार्थी र अभिभावकबीच राम्रो सम्बन्ध भएन भने नेपालको शिक्षा क्षेत्र राम्रो हुन नसक्ने बताए। अध्यक्ष शर्माले २१ औँ शताब्दीमा सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लाग्नुपर्ने बताए । नेपालले परिक्षा प्रणाली र शैक्षिक क्षेत्रलाई सुधार गर्न लागिपरेको उनको भनाई थियो ।

“विद्यालयले विद्यार्थीलाई दिने शिक्षाले विद्यार्थीको व्यवहार बदल्न सक्नुपर्छ,”– उनले भने । उनले घोकन्ते शिक्षामात्र नभएर प्राविधिक र सीपमुलक शिक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले महर्षि स्कुलले नैतिक शिक्षा र सीपमुलक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताए । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न महर्षि स्कुल लागेको उनको भनाई थियो ।

महर्षि विद्यालयका प्राचार्य निर्मल पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य भएमात्र विद्यार्थीको शिक्षामा सुधार हुने बताए । कार्यक्रममा नवौँ महर्षि म्याराथन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा नेपालका चर्चित लोकगायक राजु परियार, शिला आले, बाल गायक सुप्रिम मल्ल ठकुरी, आयुषा गौतम र हाँस्यव्यङ्ग्य कलाकार शिवशङ्कर रिजालले प्रस्तुती दिएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...