महर्षि स्कुलको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ ।
महर्षि स्कुल सामाखुशीमा भव्यताका साथ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम मनाइएको छ । महर्षि स्कुलले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।

उनले शिक्षक, विद्यार्थी र अभिभावकबीच राम्रो सम्बन्ध भएन भने नेपालको शिक्षा क्षेत्र राम्रो हुन नसक्ने बताए। अध्यक्ष शर्माले २१ औँ शताब्दीमा सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लाग्नुपर्ने बताए । नेपालले परिक्षा प्रणाली र शैक्षिक क्षेत्रलाई सुधार गर्न लागिपरेको उनको भनाई थियो ।

“विद्यालयले विद्यार्थीलाई दिने शिक्षाले विद्यार्थीको व्यवहार बदल्न सक्नुपर्छ,”– उनले भने । उनले घोकन्ते शिक्षामात्र नभएर प्राविधिक र सीपमुलक शिक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले महर्षि स्कुलले नैतिक शिक्षा र सीपमुलक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताए । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न महर्षि स्कुल लागेको उनको भनाई थियो ।

महर्षि विद्यालयका प्राचार्य निर्मल पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य भएमात्र विद्यार्थीको शिक्षामा सुधार हुने बताए । कार्यक्रममा नवौँ महर्षि म्याराथन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा नेपालका चर्चित लोकगायक राजु परियार, शिला आले, बाल गायक सुप्रिम मल्ल ठकुरी, आयुषा गौतम र हाँस्यव्यङ्ग्य कलाकार शिवशङ्कर रिजालले प्रस्तुती दिएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...