शंकर बिसी र रजनी गुरुङको अभिनयमा “यत्ती कुरा” सार्वजनिक

वि.सं.२०८० असार ३ आइतवार १२:११

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा नयाँ गीत “यत्ती कुरा” सार्वजनिक भएको छ ।
यस गीतमा लोक स्वर सम्राट राजु परियार, चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ । सो गीतमा चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ ।
लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी र रजनी गुरुङ आदीको अभिनय रहेको छ ।
यस गीतलाई स्मिता स्नेह ईन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०८० असार ३ आइतवार १२:११