शिवन पोखरेलको निर्देशनमा “गाँउको माया लाग्छ” सार्वजनिक
![Logo Logo](https://worldwidetvnepal.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०८० असार ९ शनिवार १३:४०
![image image](https://worldwidetvnepal.com/wp-content/uploads/2023/06/gauko-maya-lagchha.jpg)
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा नयाँ गीत “गाँउको माया लाग्छ” सार्वजनिक भएको छ ।
यस गीतमा युवराज छन्त्याल र सहिमा श्रेष्ठको स्वर रहेको छ भने युवराज छन्त्याल कै शब्द, संगीत रहेको छ । चर्चित मोडल तथा निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, सरोज केसीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा युबिन ढुंगाना, पार्वती पुन, बिनोद महतो लगातको अभिनय रहेको छ । यस गीतलाई युवराज छन्त्यालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो
![Logo Logo](https://worldwidetvnepal.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०८० असार ९ शनिवार १३:४०