चर्चित गायक अनि सर्जक गायक हुम गैरेको “बिन्ती सानु” सार्वजनिक
वि.सं.२०८० असार ९ शनिवार १४:००
काठमाडौं । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत बियोगान्त दोहोरी गीत “बिन्ती सानु” सार्वजनिक भएको छ । बिशाल फिल्मस् युटुव च्यानल मार्फत सार्वजनिक गरीएको मार्मिक बियोगान्त गीतमा चर्चित गायक अनि सर्जक हुम गैरे र चर्चित गायिका जमुना राना मगरको स्वर रहेको छ ।
गायक गैरे कै लय, शब्द तथा निर्देशन रहेको गीतमा चर्चित मोडल धिरज खत्री,नवराज अधिकारी र झरना बिसीको जिबन्त अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित गीत बिन्ती सानु लाई लोकेश वलीले खिचेका हुन् भने सुस्मिता राईले मेक अप गरेकी हुन् ।
हेर्नुहोस् भिडियो
वि.सं.२०८० असार ९ शनिवार १४:००