गायक एबं सर्जक मिन प्रकाश ओलीको नयाँ गीत “मुटु खायो” सार्वजनिक
वि.सं.२०८१ असार १६ आइतवार ०८:२७
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक एबं सर्जक मिन प्रकाश ओलीको नयाँ गीत “मुटु खायो” सार्वजनिक भएको छ ।
यस गीतमा अर्जुन सापकोटा र पुजा देबकोटाको स्वर रहेको छ भने मिन प्रकाश ओलीको शब्द, संगीत रहेको छ ।
गीतको भिडियोमा बिष्णु कुँवरको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा बिष्णु कुँवर, हिरा रसाईली, बिनोद कार्की आदीको अभिनय रहेको छ । यस गीतलाई बिष्णु कुँवरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८१ असार १६ आइतवार ०८:२७