नेपाल आईडल सिजन – ५ का बिजेता बिनोद राईको नयाँ गीत “जिन्दगी हो खेल जस्तै” सार्वजनिक
वि.सं.२०८१ असार १७ सोमवार ०५:४१
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नेपाल आईडल सिजन – ५ का बिजेता बिनोद राईको नयाँ गीत “जिन्दगी हो खेल जस्तै” सार्वजनिक भएके छ ।
यस गीतमा बिनोद राईको स्वर रहेको छ भने दिपेन्द्र अधिकारीको शब्द, राज कुमार बगरको संगीत रहेको छ । भिडियोमा बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन, लोकेश भाटको सह सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा रिचा थापा, बिनोद राई, राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल, सुरज भुसाल आदीको अभिनय रहेको छ । यस गीतलाई डि.ए. क्रियशन युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८१ असार १७ सोमवार ०५:४१