चर्चित निर्देशक कुमार केसीको कमेडी गीत “रातो भाले” सार्वजनिक
वि.सं.२०७८ असोज २२ शुक्रवार १५:३८
चर्चित निर्देशक कुमार केसीको कमेडी गीत “रातो भाले” सार्वजनिक भएको छ । यस गीतमा कुमार केसीको स्वर रहेको छ भने भरत क्षेत्रीको शब्द, राजकुमार बगरको संगीत रहेको छ ।
कुमार केसीको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा कुमार केसी, सुरेन्द्र लामिछाने, शिव शरण न्याैपाने, दिलिप हमाल सुबेदी, बिनिता जिसि, रोजिना खड्का, आशा गुरुङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस गीतलाई कुमार केसि युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।
वि.सं.२०७८ असोज २२ शुक्रवार १५:३८