नेकपा एमाले निकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता गर्ने । प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार कति ? (जानकारी सहित)

नेकपा एमाले निकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ।

टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ।

भिडिओका लागि केही सर्तहरू पनि तोकिएका छन्। भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ।

यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ।

साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार(प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो।

‘अहिले प्रचार(प्रसारको सबैभन्दा सजिलो माध्यम टिकटकलगायत सामाजिक सञ्जाल नै हो,’ सुवेदीले भने, ‘प्रतियोगितामा खुला रूपमा राखिएको छ, तर एमालेभित्रकै कमरेडहरू आवद्ध हुनुहुन्छ भन्ने अपेक्षा छ।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...