सुजन बराईलीको भजन गीत “पबित्र ठाँउ मुक्तिनाथ” सार्वजनिक
वि.सं.२०८२ साउन १८ आइतवार १३:०६
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक सुजन बराईलीको भजन गीत “पबित्र ठाँउ मुक्तिनाथ” सार्वजनिक भएको छ।
साउन महिना हेरक भक्तजन र बिशेष त महिलाहरुले ब्रत लिने, भजन किर्तन गर्ने गर्दछन्। यसै कुरालाई मध्यनजर गर्दै गायक सुजन बराईलीले भजन गीत सार्वजनिक गरेका हुन्। पबित्र ठाँउ मुक्तिनाथ नामक भजन गीतमा सुजन बराईली र निर्जला गुरुङको स्वर रहेको छ भने शिब अखेलीको शब्द, कुमार केसीको संगीत रहेको छ भने रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन्।
यस गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् भने रेशम दर्लामीले छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। यस भजनलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ साउन १८ आइतवार १३:०६















