लघुकथा “आधुनिक छोरो”
वि.सं.२०८० माघ १२ शुक्रवार ०९:३३
अभि र रवी संगै पढेका साथीहुन् । अभि एस.एल.सी पास भएपछी पढन शहर गयो । तर रवीभने गाउकै विद्यालयमा अध्यापन गराउन थाल्यो । लामो समयपछी उनीहरु दुईको भेटभयो ।
रवी : ओहो ! अभि तँ कहिले आईस् ?
अभि : ए म आजै आउदै छु यार अनि के छ त्यरो खबर ?
रवी : के हुनु र गाउमै छु । बुढा भएका बा आमा छन् । उनीहरुको रेखदेख, दिनभर बिद्यालय, विहान वेलुका घरायसी काम ……. यस्तै छ अभि ।
अभि : अनी पढाई कहाँ पुराईस् ?
रवी : एस.एल.सी मै रोकिहालीयो नी अभि । बरु त्यरो के छ सुनान त ?
अभि : मास्टर्स सकियो । श्रीमतीले पनी मास्टर्स सकेकि छन् । ठीकै छ । सानो घर बनाएको छु । एउटा गाडी किनेको छु । यस्तै हो यार तँ पनी शहर जानुपर्नेमान्छे ….।
रवी : छाडदेउयार अनि आमा कता हुनुहुन्छ ? उहाँले बनाएर खुवायको खाना खुब याद आईरहन्छ । उहाँको हातले बनाएको नखाएको पनी धेरै भईसक्यो ?
अभि : के गर्ने यार हामी दुबै जागिरे , घरमा रेखदेख गर्नपनी गाह्रो । आमाको रेखदेख गर्नत झन फुर्सदै हुन्न । बुढी मान्छे सधै खनखन गरिरहने हामिले त वृद्धाश्रम तीरपो लगेर राखिदिएका छौं यार ।
वि.सं.२०८० माघ १२ शुक्रवार ०९:३३